सुरक्षित, व्यवस्थित र भरपर्दो यातायात सेवा प्रवाह गर्दै सवारी साधन तथा चालक व्यवस्थापनलाई प्रभावकारी बनाउनु, यातायातसम्बन्धी कानुन तथा नीतिहरूको कार्यान्वयन गर्नु, तथा सेवाग्राहीलाई छिटो, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो। आधुनिक प्रविधि, उत्तरदायित्व र सुशासनमार्फत जुम्लावासी तथा सेवाग्राहीहरूको विश्वास जित्दै उत्कृष्ट सार्वजनिक सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।